सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । आन्दोलनरत शिक्षकहरुको आन्दोलन रोकिने भएको छ । सरकारसँग बुधबार भएको वार्ता सकारात्मक भएसँगै आन्दोलन रोकिने भएको हो । मंगलबार राति र बुधबार दिउँसोदेखि साँझसम्म बसेको वार्ता सकारात्मक तरिकाले भएको भन्दै शिक्षक आन्दोलन रोक्ने सहमति भएको हो ।
अहिले मुख्यगरी दुई ओटा सहमति भएका छन् । सो अनुसार पहिले मन्त्रिपरिषद् बैठकबाट नौ बुँदे सहमति निर्णय गर्ने र संसदमा जारी अधिवेशनबाट शिक्षा ऐन पारित गरिने भएको छ ।
शिक्षक र सरकारबीचको सहमतिलाई मन्त्रिपरिषद् बैठकले अनुमोदान गर्दैछ ।
आन्दोलनरत शिक्षकहरुले मन्त्रिपरिषद् बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने बताइएको छ ।
सामुदायिक शिक्षकहरुले गत चैत २० गतेदेखि आन्दोलन थालेका हुन् । उनीहरुले सहमति नभएसम्म आन्दोलन नछाड्ने अडान लिइरहेका छन् ।
विगतका सरकारले आफूहरुसँग उधारो सहमति गरेको आरोप उनीहरुसँग छ ।