सर्वोच्चको अर्को पत्रले रेशम चौधरी रिहा

बुधबार, वैशाख १७, २०८२
Honor 600 pro

काठमाडौँ ।  रेशम चौधरीलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले दिएको आदेशमा रिहा भएका छन् । सर्वोच्चले डिल्लीबजार  कारागार कार्यालयलाई पत्र लेख्दै रेशमलाई रिहा गर्न आदेश दिएको हो। 

सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलद्वारा जारी गरिएको पत्रमा उल्लेख छ-" आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक होइन।"

रेश्म अहिले कारागारबाट रिहा भएको कारागार कार्यालयले जानकारी दिएको छ।

सर्वोच्चबाट जारी गरिएको पत्रमा भनिएको छ, 'यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं.१९२७७, मिति २०८२/१७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।'

पक्राउ गर्ने आदेशको पहिलो पत्र लेख्ने सर्वोच्चका कर्मचारीलाई कारबाहीको प्रक्रिया थालिएको बताइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्