शिक्षक आन्दोलनको २७ औं दिन, माधव नेपाल र झलनाथलाई शिक्षकले भने तपाईंहरु यहाँ आउनु पर्दैन

सोमबार, वैशाख १५, २०८२

काठमाडौँ । नेपाल शिक्षक महासंघले गत चैत २० गतेदेखि आयोजना गरेको शिक्षकहरुको आन्दोलनमा नेताहरु छिरेका छन् । आन्दोलनको २७ औँ दिनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरु ऐक्यबद्धता जनाउन बिजुलीबजारमा पुगेका थिए। तर शिक्षकहरुले तपाईंहरु यहाँ आउनु पर्दैन भन्ने नारा समेत लगाएका थिए।

Honor x7 pad

अहिलेसम्म नेताहरुले सामाजिक सञ्जाल वा अन्य कार्यक्रमबाट ऐक्यबद्धता जनाउँदै आएका भए पनि अब शिक्षकका माग पूरा हुने निचोडतिर आइरहँदा नेकपा एसका नेताहरु आन्दोलनमा सहभागी भएका हुन् । 

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गरेका छन् । 

शिक्षकहरुले पछिल्लो समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन गर्दै आएका छन् । २६ औँ दिनमा भने शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँगको झडपमा ३१ जना घाइते भएका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्