गगन थापाविरुद्द दर्ता भयो अदालतको अवहेलना मुद्दा

आइतबार, वैशाख १४, २०८२
Honor 600 pro

काठमाडौं । गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा  दर्ता भएको छ। प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध सर्वोच्च अदालतमाअवहेलनाको मुद्दा दर्ता भएको ह।

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि भाषण गरेका थिए।

संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि फैसला नगरिकन राखेको भन्दै महामन्त्री थापाले अभिव्यक्ति दिएका थिए। 

महामन्त्री थापाले दिएको उक्त अभिव्यक्तिलाई लिएर अवहेलना भएको भन्दै मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्