कांग्रेस सांसद राई पक्राउ परेको जानकारी संसदलाई

आइतबार, वैशाख १४, २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई जानकारी गराएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सांसद राई पक्राउ परेको बारेमा  जानकारी गराएको हो।

Honor x7 pad

स्वर्णलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको ठगी र संगठित अपराध सम्बन्धी कसूर मुद्दामा  फरार रहेकी प्रतिवादी सांसद राईलाई अनुसन्धानको क्रममा बैशाख १३ गते राति  बुढानीलकण्ठ नगरपालिका-१० कपन स्थितवाट पक्राउ गरी यसका कार्यालयमा दाखिला हुन आएकी प्रतिवादी नेपाली कांग्रेसको वर्तमान संघीय प्रतिनिधि सभाको सदस्यलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ ।

सांसद राईलाई गए राति काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको थियो।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्