नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको आज छैठौं अधिवेशन

शनिबार, वैशाख १३, २०८२
Honor 600 pro

नेपालगन्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको छैठौं जिल्ला अधिवेशन आज हुँदैछ।

नेपालगन्जको इन्द्रेणी होटेलमा हुन लागेको अधिवेशनमा थुप्रै आकांक्षी देखिए पनि सर्वसम्मत रूपले लैजाने प्रयासको तयारी भएको बताइएको छ।

नेपाल स्वास्थ्यकर्मी संघकै एक नेताका अनुसार आधा दर्जन अध्यक्षका लागि दाबी प्रस्तुत गरेपनि सकेसम्म सर्वसम्मत रुपले चयन गर्ने भएको हो।

आजको अधिवेशन उद्घाटनमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, बाँके कांग्रेस सभापति नारायण प्रसाद गौडेल लगायतका नेताले सम्बोधन गर्ने बताइएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्