भादा नदिमा बेपत्ता भएको युवकको शव सशस्त्र प्रहरीले फेला पार्‍यो

शुक्रबार, वैशाख १२, २०८२
Honor 600 pro

बर्दिया । सशस्त्र प्रहरीले बर्दियामा नदिमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला पारेको छ।

बुधबार गुलरिया नगरपालिका-५  स्थित भादा नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका १९ वर्षीय युवक सुजन पोखरेलको शवलाई सशस्त्र प्रहरीको गोताखोरले निकालेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार सोही वडाको सयलवा रामबाघका पोखरेल नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। युवक बेपत्ता भएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नं.३१ गणबाट गोताखोरको टोली खोजतलासमा खटिएको थियो।

खोजतलासमा खटिएको सशस्त्र प्रहरीले पोखरेल शवलाई आज बिहान भादा नदिबाट निकाल्न सफल भएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्