भारतमा आतङ्कवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु घटनाको सरकारद्वारा निन्दा

बुधबार, वैशाख १०, २०८२

काठमाडौँ । आतङ्कवादी हमलामा एक नेपालीसहित २७६ जनाको हत्या घटनामा नेपाल सरकारले कडा रुपले निन्दा गरेको छ।

Honor x7 pad

भारतको जम्मू–कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको हो। 

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

“नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी एक नेपालीसहित २६जनाको ज्यान गएको छ भने अन्य १६  जना घाइते भएका छन् ।

आतङ्कवादीहरुले पर्यटकहरुको नाम र धर्म सोधीसोधी गोली हालेर हत्या गरेका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्