बाँकेका सीडिओले बोलेको आपत्तिजनक शब्द पत्रकारिताको स्वाभिमानमाथिको प्रहार हो: प्रेस युनियन

शनिबार, वैशाख ६, २०८२
honor mob  winter sales

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पनि बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडिओ) धर्मराज जोशीले पत्रकारलाई बोलिएको आपत्तिजनक शब्दप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ। 

Honor x7 pad

युनियनले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ-" समाचार प्रयोजनका लागि बैशाख ५ गते शुक्रवार मिशन टुडेका पत्रकार शुभाकर विश्वकर्माले प्रमुख जिल्ला अधिकारी जोशीलाई फोन सम्पर्क गर्दा प्रजिअ जोशीबाट आपत्तिजनक शब्द प्रयोग हुनु सिंगो पत्रकारिताको स्वाभिमानमाथिको प्रहार भएको हाम्रो ठम्याइ छ।"

समाचार प्रयोजनार्थ गरिएको फोन सम्पर्कमा प्रजिअबाट अत्यन्तै गैरजिम्मेवार र गैरजवाफदेही अभिव्यक्ति प्रकट हुनु खेदजनक र भत्सर्नायोग्य रहेको प्रेस युनियन बाँके सचिव भीष्म लोधद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । साथै यस घटनाले पत्रकारहरुको प्रश्न गर्न पाउने अधिकार, सूचना पाउने अधिकारलाई कुण्ठित बनाउने कुचेष्टा गरेको युनियनको ठहर गरेको छ । प्रेस युनियन बाँकेले बाँकेका प्रमुख जिल्ला अधिकारीको पत्रकार र मिडिया जगतप्रतिको स्पष्ट धारणा तत्काल सार्वजनिक गर्न माग समेत गरेको छ।

पत्रकार विश्वकर्माका अनुसार एक जना व्यक्तिले नागरिकता नपाएको विषयमा सोधिरहँदा प्रजिअबाट 'नागरिकताको लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु' भनेका थिए।

 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्