गाउँपालिका अध्यक्षलाई लक्षित गर्दै गोली प्रहार

शुक्रबार, वैशाख ५, २०८२

कपिलवस्तु । कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहारको प्रयास गरिएको छ।

Honor x7 pad

अध्यक्ष चौधरीमाथि लक्षित  गर्दै गए राति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ। गए राति शौचालय गएर फर्किने क्रममा सानो हतियारबाट गाउँपालिका अध्यक्षमाथि गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार शौचालय घरबाहिर रहेको अवस्थामा शौचालय गरेर फर्किने क्रममा अध्यक्षमाथि  सानो हतियारबाट गोली प्रहारको प्रयास भएको हो। प्रहरीले  घटनास्थलबाट पेस्तोलमा प्रयोग हुने गोलीको खोका बरामद गरिएको जनाएको छ।

प्रहरी भन्छ -"त्यो समय बिजुली गएको रहेछ, मोबाइलको उज्यालो बालेर फर्किँदै गर्दा गोली प्रहार भएपनि उहाँ भने सकुशल हुनुहुन्छ।"अध्यक्ष चौधरीले आफूमाथि  घरको पर्खाल बाहिरबाट गोली प्रहार भएको प्रहरीलाई जानकारी दिएका छन् । घटना भए लगत्तै अध्यक्ष चौधरीले प्रहरीलाई खबर गरेका थिए । यद्यपि अध्यक्ष चौधरीलाई गोली नलागेकाले उनी सुरक्षित रहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।

उक्त घटनाबारे कपिलवस्तु प्रहरीले थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्