लेखक संघले सार्वजनिक गर्‍यो पुरस्कार र केन्द्रीय विभागहरु

बुधबार, वैशाख ३, २०८२

काठमाडौं । वि.सं २००८ सालदेखि अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएको नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार २०८२ र संघका केन्द्रीय विभाग गठन गरेको छ । 

संघका केन्द्रीय अध्यक्ष वियोगी वुढाथोकीको अध्यक्षता बसेको पदाधिकारी बैठकले राष्ट्रिय लेखक पुरस्कार २०८२   आगामी बैशाख १६ गते आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने निर्णय गरेको छ ।  १ लाख रुपैयाँ राशी रहेकोे सो पुरस्कार हरेक दुई वर्षमा प्रतिष्ठित साहित्यकारलाई नेपाली लेखक संघले प्रदान गर्दै आएको छ ।

त्यसैगरी, सो बैठकले संघको हालै लुम्बिनीमा सम्पन्न आठौँ  राष्ट्रिय अधिवेशन पश्चात् तपशिल बमोजिमका व्यक्तिहरूको  संयोजकत्वमा  ९ वटा केन्द्रीय विभागहरूको गठन गरेको  छ। 

विवरण -
१. कानूनी परामर्श विभाग - संयोजक : दामु मर्सिफुल
२. परराष्ट्र विभाग - संयोजक : युवराज डि.सी. 
३. अर्थ विभाग - संयोजक : विसु कुमार के.सी.
४. प्रकाशन विभाग - संयोजक : डा. विष्णु के.सी. 
५. नीति, अनुसन्धान तथा प्रतिष्ठान विभाग - संयोजक : मनोज न्यौपाने 
६. सम्पर्क तथा समन्वय विभाग - संयोजक : डा. शशी थापा पण्डित 
७. युवा प्रतिभा विभाग - संयोजक : डा.ईश्वरमणि अधिकारी 
८. संचार विभाग -संयोजक :  विमला तुम्खेवा
९. संगठन विभाग - संयोजक : भरत भण्डारी (सोझो गाउले) जननायक वीश्वेवर प्रसाद  कोईराला, महाकवि डा. लक्ष्मीप्रसाद देवकोटा, ऋद्धी बहादुर मल्ल, गोविन्द मल्ल "गोठाले"।

वालकृष्ण सम लगायतको सक्रियतामा वि.सं २००८ सालमा स्थापना गरिएको  नेपाली  लेखक संघले अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएको छ। जसलाई प्रा. डा. तुलसी भट्टराई, प्रा. डा.  विष्णुविभू घिमिरे, प्रा. डा. कुलप्रसाद कोईराला, प्रा. डा. गोविन्द भट्टराई,  कृष्ण धरावासी  लगायतले पुनर्जिवत बनाएका हुन्।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्