बुद्धिबल श्रेष्ठ सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको अध्यक्ष चयन

मंगलबार, असोज २, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जका बुद्धिबल श्रेष्ठ सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको अध्यक्षमा  निर्वाचित भएका छन् । 

Honor x7 pad

हालै जुम प्रविधिमार्फत सम्पन्न शाखाको दोस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष अजित क्षेत्रीको अध्यक्षतामा सो अधिवेशनले बनाएको नयाँ कार्यसमितिमा भैरवी भूगोल (नुवाकोट) उपाध्यक्ष, मन्दिरा मधुश्री (काठमाडौँ) महासचिव, प्रभात सुवेदी (बर्दिया) र टुकादेवी पौडेल आचार्य (तनहुँ) कोषाध्यक्ष रहेका छन् ।

प्रतिष्ठानको नेपाल शाखा सदस्यमा सृष्टि मल्ल (स्याञ्जा), मुना आत्रेय (मोरङ), रुपा थापा (नुवाकोट), सुशीला शर्मा (काठमाडौँ, कविराज भट्ट (कञ्चनपुर), इन्दु नेपाल योञ्जन (सुनसरी) र गिरिराज डल्लाकोटी (चितवन) रहेका छन् । भेलाले सुनिल अधिकारी (काठमाडौँ) र असिम सागर (ललितपुर)लाई सल्लाहकार मनोनित गरेको छ भने जिपि तिवारी (मोरङ) नेपाल शाखाको संरक्षक रहेका छन् ।

२०८० भदौ २८ गते भएको सो भेलामा विवेक दुलाल क्षेत्री, समर चेम्जोङ आभास, राजेशराज गड्तौला, जिरन थुलुङ, जिपि तिवारी, चन्द्र सम्बाहाम्फे लिम्बु, राजु भण्डारी, कृष्ण घिमिरे, अमन एकल, राज यात्री लम्साललगायत दुई दर्जन स्रष्टा सहभागी थिए ।

नव निर्वाचित अध्यक्ष बुद्धिबल श्रेष्ठले छिट्टै भौतिक रूपमा राष्ट्रियस्तरको साहित्यिक कार्यक्रम आयोजना गर्ने र नेपाल शाखाको सदस्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सगरमाथा साहित्य प्रतिष्ठानको केन्द्रीय कार्यालय भने युएईमा रहेको छ । ‘नेपाली भाषा–साहित्यको संरक्षण, संवर्धन र विकासका लागि हाम्रो अभियान’ आदर्श वाक्य तय गरेको प्रतिष्ठानले विदेशमा रहेका स्रष्टाका रचना र अनुभवसँग नेपालमा रहेका स्रष्टाहरूलाई जोड्ने काम गर्दै आएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्