वीर अस्पतालको बार्षिक उत्सवको शुभकामना

शुक्रबार, साउन १२, २०८०
honor २२ sept

आज तिम्रो १३४औं जन्म दिन तिमीलाई धेरै शुभकामना

X7D

अष्ट चिरञ्जीवीले तिमीलाई दिर्घायु प्रदान गरुन्
तिम्रा दुष्मनका नजर ढलुन्, तिम्रा हाँगाविगा सबै पलाउन्

लाश बनेर आएका विमारी खुसीले चल्मलाउन नयाँ जीवन पाउन्

तिमीलाई हेर्ने गोठालाहरु सच्चा हाकिम बनेर आउन् 
तिमीलाई निरन्तर प्राण देउन् आफ्नी आमा नमारुन्
बरु बिष्ठा खाउन् कालोधन कहिल्यै नचाखुन्
सबै कर्मचारीहरुले सम्मान पाउन अपमान कहिल्यै नपाउन् 

सबैभन्दा बढी सम्मान पाले र स्विपरहरुले पाउन्
उनीहरुको हात नउठ्दै उनलाई हाकिमहरुले नमस्कार गरुन्

उनीहरुलाई आफू भन्दा बढी जिम्मेबार बनाउन्
यो हाम्रो सम्पत्ति हो भन्ने सवैलाई बोध गराउन् 
बरु सिफ्ट गरेर भएपनि स्टाफ मिटिङ बसालुन्
कसैको कुनै कमजोरी भए एक्लै मीठो शैलीमा सम्झाउन्

उसलाई आत्मबोध गराउन आमूल परिर्वतन गराउन्
कोही दानव जस्ता भए महामानव मात्र हैन भगवान बनाउन् 

अरुलाई अर्ति दिनु भन्दा पहिले हाकिमले आफूलाई भगवान बनाउन्

आफू छर्लंग ऐना बनेको सबैलाई उनी देखाउन्
सबैभित्र बसेका कंश भगाउन सबैलाई आफू बाउ बनेको अनुभूति गराउन्
वीर अस्पताललाई संसारकै नमुना बनाउन् 

लेखक नारायण प्रसाद भट्टराई (दाङ),हाल वीर अस्पतालमा उपचाररत हुनुहुन्छ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्