सशस्त्र प्रहरीका एआईजी चन्द्रप्रकाश गौतम अवकाशमा

मंगलबार, वैशाख २, २०८२
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको सशस्त्र प्रहरीमा सेवा सकिएसँगै बिदाई गरिएको छ।

आजदेखि अवकाश गएका एआईजी गौतमलाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले बिदाई गरेका हुन् ।

एआईजी गौतम नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदमा रहदा सशस्त्र प्रहरीमा समायोजन भएका थिए। सीमा सुरक्षा विभागमा रहेका एऐइजी गौतम ३० वर्षे सेवाअवधिका कारण आजदेखि अवकाश गएका हुन् ।

बिदाई समारोहमा सशस्त्र प्रहरी महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले संघकी उपाध्यक्ष मुना शर्मा गौतमको समेत बिदाई गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

एआईजी गौतम अवकाश गएसँगै सशस्त्र प्रहरीमा एक एआईजीको दरबन्दी रिक्त हुन पुगेको छ। जसको प्रतिस्पर्धाका प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङ रहेका छन् । उनीहरुमा सबैभन्दा अगाडि एक नम्बरमा डीआईजी गिरी छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्