प्रभात मेमोरियलका १२ कक्षाका विद्यार्थीको विदाई

आइतबार, चैत ३१, २०८१
honor २२ sept

नेपालगन्ज नेपालगन्ज-१० स्थित प्रभात मेमोरियल हाइस्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरिएको छ ।

X7D

शनिबार एक कार्यक्रमका बीच कक्षा ११ का विद्यार्थीले १२ का विद्यार्थीलाई विदाई गरेका हुन्। कक्षा ११ का विद्यार्थी प्रभात यादवको अध्यक्ष एवम् विद्यालयका प्रिन्सिपल गौरव गिरी, विद्यालय संचालक सदस्य एवम् पूर्व प्रिन्सिपल विक्रम राज विष्ट लगायत विषयगत शिक्षकहरुको विशेष उपस्थितिमा विदाई कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा कक्षा ११ का विद्यार्थी अन्जली चन्दले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कक्षा १२ का छात्राहरु सितल गुरुङ, प्रमिका चौधरी र खुश्बु काँदुले उत्कृष्ट शैक्षिक वातावरणमा अध्ययन गर्न पाएको भन्दै खुसी  व्यक्त गरे । कक्षा ११ का छात्रा अमृता साहुले गजल वाचन गरेकी थिइन् । त्यसक्रममा प्रिन्सिपल गिरी, पूर्व प्रिन्सिपल विष्टसहित विषयगत शिक्षकहरुले कक्षा १२ का विद्यार्थीलाई उज्ज्वल भविष्य र शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम संचालन शिक्षिका यमका सुवेदीले गरेकी थिइन् । प्रभातमा कक्षा ११ र १२ मा व्यवस्थापन र कम्प्युटर साइन्स पढाई हुन्छ । आगामी वैशाख ११ गतेदेखि १२ को परीक्षा सुरु हुँदैछ । त्यस अवसरमा केक काटिएको थियो भने मायाको चिनो समेत प्रदान गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्