लागुऔषध र पेस्तोलसहित भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

आइतबार, चैत ३१, २०८१
honor २२ sept

काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न लागुऔषध र पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

X7D

सशस्त्र प्रहरी नम्बर ११ रौतहटका अनुसार भारतको बिहार सितामढी जिल्लाको बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पञ्चायत  नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमारलाई पेस्तोल र लागुऔषधसहित पक्राउ गरिएको हो। 

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार गएराति  गए राति  साढे ९ बजे राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बेलबिछवा नाकाको जैसवाल मदिरा पसल अगाडि मदिरा सेवन गरी एक आपसमा झगडा भइरहेको सूचनाको पाएर बिओपी लक्ष्मीपुरबाट खटिएको टोलील  भारतीय नागरिक किशन कुमार लाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीले किशनको साथबाट एक थान अटोमेटिक पेस्तोल र लागुऔषध कोरेक्स , नाईट्रोभेट , एक थान मोबाइल, दुई थान हातको बाला बरामद गरेको जानकारी दिएको छ।

पेस्तोल र लागुऔषधसहित पक्राउ परेका किशनलाई  आवश्यक कारबाहीको लागि गएराति नै जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्