भोलि कोहलपुरमा राप्रपाले चक्काजाम गर्दै

सोमबार, चैत २५, २०८१
Honor 600 pro

कोहलपुर । भोलि कोहलपुरमा चक्काजाम हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको आयोजनामा चक्काजाम गर्न लागिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र ,महामन्त्री तथा सांसद डा. धवल शम्शेर राणा लगायतलाई पक्राउ गरेको विरोधमा भोलि बाँकेको कोहलपुरमा चक्काजामको आयोजना गरिएको छ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका बाँकेका सांसद राणा र उपाध्यक्ष मिश्रलाई राज्यविरुद्धको अपराध मुद्दा चलाइएको विरोधमा राप्रपा बाँकेले भोलि कोहलपुरमा चक्काजाम गर्ने भएको जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै राप्रपाले पक्राउ परेकालाई उपाध्यक्ष ,महामन्त्री र राष्ट्रवादी हिन्दुवादी कार्यकर्तालाई बिनाशर्त रिहा गर्न माग गर्दै भोलि कोहलपुरमा चक्काजाम गरिने जनाएको छ।

कोहलपुरको मुख्य चौराहमा गरिने चक्काजाम भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म रहने विज्ञप्तिमार्फत जनाइएको छ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्