रास्वपा सभापति रवि लामिछाने कारागार चलान

सोमबार, चैत २५, २०८१

रुपन्देही । सहकारी ठगी प्रकरण आ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।

Honor x7 pad

आज रविलाई रुपन्देही प्रहरीले अदालतको सबै प्रक्रिया पूरा गरेर जिल्ला कारागार रुपन्देही पठाइएको जानकारी दिएको छ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा  जिल्ला अदालत रुपन्देहीले रविलाई धरौटीमा रिहा गर्न दिएको आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश दिएको थियो।

उच्च अदालतले थुनामा राख्ने आदेश दिए लगत्तै रविलाई शुक्रबार राति नै काठमाडौंको बुढानिलकण्ठस्थित निवासबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। पक्राउ परेको रात रविलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राख्दै शनिबार रुपन्देही ल्याइएको थियो।

शनिबार र आइतबार रुपन्देही प्रहरी हिरासतमा राखिएका रविलाई आज कार्यालय खुल्ने बित्तिकै अदालत लगिएको थियो। अदालतले प्रहरीलाई कारागार चलानको कागज थमाएपछि कारागार पठाइएको हो। सोही सहकारी ठगी प्रकरणमा कारागारमै रहेका पूर्वडीआईजी छविलाल जोशीसँगै रवि पनि सँगै रहनेछन् ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्