कोहलपुरमा कांग्रेस नेताको हत्या, कारबाही गर्न माग

शुक्रबार, चैत २२, २०८१

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले कोहलपुर नगरपालिका वडा नम्बर ७ का पार्टी वडा उपसभापति एवम् सोही वडाका पूर्व वडा सदस्य ३९ बर्षीया दुर्गा बहादुर पुन मगरको हत्याको घोर भत्सर्ना गरेको छ ।

Honor x7 pad

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीका एक होनहार कार्यकर्ताको हत्या हुनुलाई समान्यरुपमा लिन नसकिने बताउँदै हत्यामा संलग्न जोसुकै भए पनि कानुन बमोजिम सजाय दिनुपर्ने माग गरेका छन् ।

सभापति गौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको विभिन्न कार्यक्रममा सहभागी भएर राति घर फर्कने क्रममा सामूहिकरुपमा भएको हत्याको घटनालाई सामान्यरुपमा लिन नसकिने भनिएको छ । 

विज्ञप्तिमा दिवंगत पुन मगरको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरिएको छ । 

पार्टीका वडा उपसभापति पुन मगरको विहिबार राति साढे नौ बजे सोही वडाको रजगढवामा सामूहिकरुपमा हत्या गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्