राजाबादीहरुको चरित्र छर्लङ्ग भएको प्रचण्डको जिकिर

बिहीबार, चैत २१, २०८१

नेपालगञ्ज । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासंगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ जनताका कुरा सुन्न देश दौडाहामा रहेको बताएका छन् । 

Honor x7 pad

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको नागरिक अन्तर संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विगतमा केही गल्ती भएको समिक्षासहित पार्टी रुपान्तरणको निम्ति अघि बढेको उल्लेख गरे । प्रचण्डले मुलुक ठूलो दुर्घटनामा जाने अनुभूत गर्दै पार्टीलाई सच्याएर जानुपर्दछ भन्ने आत्मबोध भएपछि जनताको बीचमा गइरहेको बताए । उनले जनताको बीचमा जाँदा उर्जा प्राप्त भइरहेको समेत बताए । अध्यक्ष प्रचण्डले चैत १५ गतेको प्रदर्शनबाट राजाबादीहरुको चरित्र छर्लङ्ग भएको जिकिर समेत गरे । 

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, अग्नि सापकोटा, पम्फा भुसाल, देव गुरुङ लगायतको उपस्थिति थियो । माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नागरिक तहबाट विभिन्न प्रश्न र सुझाबहरु आएका थिए । ती प्रश्न र सुझाबलाई आत्मसाथ गरेर पार्टी अघि बढ्ने प्रचण्डको भनाई थियो । 
 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्