'सुरक्षाकर्मीप्रति मेरो दुश्मनी छैन, तपाईंहरूलाई पर्न गएको चोटमा क्षमा चाहन्छु': दुर्गा प्रसाईं

आइतबार, चैत १७, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते शुकवार आयोजना प्रदर्शनका जनकमाण्डरु समेत रहेका दुर्गा प्रसाईंले आन्दोलनकै आफू लाई मार्ने अयोजना बनाइएकोले भागेको बताएका छन् ।

Honor x7 pad

आज दिउँसो दुर्गा प्रसाईं नामको फेसबुकमा पोस्ट भएको भिडिओमा प्रसाईंले चैत १५ गते भएको घटनाप्रति प्रहरीसँग माफी समेत मागेका छन्।

प्रसाईं आफैले गाडी हाँकेर प्रहरीलाई पेलेर घेरा तोड्दै निषेधित क्षेत्र प्रवेश गरेका थिए। त्यसका लागि उनले माफी मागेको पनि भिडिओमा उल्लेख छ।

‘मान्छेका घरमा आगो लगाउने, तोडफोड नगर साथीभाइ हो भनेर मैले भनेको छु,’ उनले भने, ‘तर जुन घटना भएको छ त्यसमा दुख व्यक्त गरेको छु।

तीनकुनेमा आफू पुग्नुभन्दा १५ मिनेटअघि नै रणभूमि बनेको पनि उनको दाबी छ।

‘सुरक्षाकर्मीप्रति मेरो दुश्मनी होइन, तपाईंहरूलाई पर्न गएको चोटमा क्षमा चाहन्छु। म तपाईंहरूबाट टाढा छैन,’ उनले भने, ‘पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन, म सुरक्षित मात्रै बसेको। मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि सुरक्षित ठाउँमा बसेको छु।’

शुक्रबार तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। शुक्रबार अपराह्नदेखि प्रसाईं फरार छन्, गृहमन्त्री रमेश लेखक र प्रहरीहरूले पनि उनको खोजी भइरहेको बताएका थिए। 

प्रसाईंले भनेका छन् आफू कतै नभागेर आफू मन्दिरमा बसेको भिडिओमा बताएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्