सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । राजावादीको प्रदर्शनबाट पुगेको क्षतिको गृहमन्त्री रमेश लेखकले अनुगमन गरेका छन् ।
शुकवार तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको तोडफोडबाट भएको क्षतिको गृहमन्त्री लेखकले अनुगमन गरेका हुन् ।
रिपोर्टिङका क्रममा राजावादीको आगजनीमा परेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने अर्का एक आन्दोलनकारीको पनि मृत्यु भएको थियो।
त्यस क्रममा राजावादीले दर्जनौं सवारीसाधन र स्थानीयका घर र सरकारी कार्यालयमा समेत तोडफोड गर्दै आगजनी गरेका थिए।