राजावादीको आगजनीमा परेर पत्रकार सुरेश रजकको मृत्यु

शुक्रबार, चैत १५, २०८१
Honor 600 pro

काठमाडौँ। राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको छ।

राजसंस्था पुनस्स्थापनाको आन्दोलनका क्रममा उनको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। तीनकुनेको घरबाट उनले लाइभ गरिरहेका थिए। त्यस क्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो।

उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्