१६ क्विन्टल बढी गाँजा बोकेका दुईवटा ट्रकसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

शनिबार, चैत ९, २०८१
honor २२ sept

काठमाडौं सशस्त्र प्रहरीले १६ क्विन्टल बढी गाँजासहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले  १६ क्विन्टल ३६ किलो गाँजासहित दुई वट ट्रक  नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

X7D

सशस्त्र प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा  धनकुटाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र ईलामको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत रहेका छन् ।

शुक्रबार ईलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं. १ बराह बाहिनी मुख्यालय  र नं. २ गण झापा मातहत  सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेकजाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीहरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले उनीहरुको साथबाट ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाइल समेत बरामद भएको जानकारी दिएको छ।

बरामद गरिएको गाँजा, ट्रक र पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्