सशस्त्र प्रहरीले नेपालगन्जबाट बरामद गर्‍यो लाखौं रुपैयाँको मोबाइल डिस्प्ले

बिहीबार, चैत ७, २०८१
Honor 600 pro

नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेको नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा विभिन्न कम्पनीका मोबाइल डिस्प्ले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेबाट खटिएको टोलीले मोबाइल गस्तीले ५ सय ७० पिस मोबाइल डिस्प्ले बरामद गरेको हो।

भारतबाट थोरै संख्यामा ल्याएर भण्डार गरि एकैपटक ठुलो परिमाण बनाएर नेपालगन्जबाट अन्यत्र लैजाँदै गरिएको अवस्थामा आइफोन, वान प्लस लगायतका स्मार्ट फोनका मोबाइल डिस्प्ले सशस्त्र प्रहरीले आज बिहान बरामद गरेको हो।

बरामद गरिएको एक डिस्प्ले बराबर अन्दाजी ३ हजारदेखि ३५ सयसम्म मूल्य पर्ने गर्दछ। उक्त परिमाण अनुसार सशस्त्र प्रहरीले करिब १७ लाख १० हजार रुपैयाँ बराबरको डिस्प्ले बरामद गरेको हो।

सशस्त्र प्रहरीले बरामद गरिएको सबै मोबाइल डिस्प्लेलाई आबश्यक कारबाहीका लागि आजै नेपालगन्ज भन्सार कार्यालय नेपालगन्ज बुझाएको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्