प्राविधिक शिक्षाको उपलब्धि चित्तबुझ्दो छैन् : मुख्यमन्त्री यादव

शुक्रबार, साउन १९, २०८०
honor mob  winter sales

जनकपुर।  प्राविधिक शिक्षाको क्षेत्रमा ४८ करोड बजेट लगानी भए पनि त्यसको उपलब्धि चित्तबुझ्दो नभएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गुनासो गरेका छन् ।

Honor x7 pad

शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा निकायहरूको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रगति समीक्षामा  मुख्यमन्त्री यादवले असन्तुष्टि व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री यादवले आफू समस्या समाधान गर्न तयार रहेको तर लापरबाही गर्नेहरूलाई कारबाही गर्न पनि पछि नपर्ने दृढता व्यक्त गरे। जनताले दुःख पाउनको लागि सङ्घीयता नआएको समेत मुख्यमन्त्री यादवले बताएका छन् ।

मुख्यमन्त्री यादवले सङ्घीयताको अनुभूति हुने गरी कार्य सम्पादन गर्न राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन समेत दिए।  जनताको काम छिटो छरितो हुनुपर्छ, जनताले दुःख पाउँदै जाने हो भने सङ्घीयताको के काम मुख्यमन्त्री यादवले प्रश्न गरे। 

मुख्यमन्त्री यादवले मधेस प्रदेशको शिक्षाको स्तर उकास्न सम्बन्धित निकायका प्रमुखहरूलाई कडा निर्देशन दिनुहुँदै इमानदारीपूर्वक काम गर्न जरुरी रहेको जानकारी गराए। 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्