पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा ५ र डिजेल- मट्टीतेलमा ४ रुपैयाँ घट्यो

शनिबार, चैत २, २०८१
Honor 600 pro

नेपालगञ्ज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ ।

शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ ।

इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आए अनुसार निगमन सञ्चालक समितिको निर्णय अनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्