नरैनापुरमा राप्ती नदीमा डुबेर बेपत्ता भएका बालकको शवलाई सशस्त्र प्रहरीले निकाल्यो

शनिबार, चैत २, २०८१

बाँके । बाँकेको नरैनापुरमा राप्ती नदीमा डुबेर बेपत्ता भएका बालकको शवलाई सशस्त्र प्रहरीले फेला परेको छ।

Honor x5c

आज अपराह्न साढे ४ बजे नरैनापुर गाउँपालिका-६ स्थित  पल्टु बर्माका १२ वर्षीय छोरा रवि बर्मा भैंसी चराउन गएको बेला राप्ती नदिमा डुबेर बेपत्ता भएका थिए।

बेपत्ता भएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल बिओपी गंगापुरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको सशस्त्र प्रहरीकै विपद व्यवस्थापनसहितको टोलीले खोजतलासका क्रममा आज साँझ बेपत्ता भएका रविको शवलाई राप्ती नदीबाट निकालेको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले मृतक बालक रविको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्