प्याब्सन बाँके देशकै उत्कृष्ट शाखा घोषित, दिइयो सम्मान

मंगलबार, फागुन २७, २०८१
Honor 600 pro

काठमाडौं । प्याब्सन बाँके नेपालकै उत्कृष्ट जिल्ला शाखा घोषित भएको छ। प्याब्सनको १६ औं केन्द्रीय अधिवेशनले बाँके प्याब्सनलाई उत्कृष्ट जिल्ला घोषित गर्दै सम्मानित गरेको हो।

सोमबार १६ औं केन्द्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा उत्कृष्ट बनेको बाँके प्याब्सनका तर्फबाट निवर्तमान अध्यक्ष यम बहादुर रावतलाई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारु र प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले संयुक्त रुपपले सम्मान गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

प्याब्सन बाँकेले जिल्लामा भौतिक संरचना तर्फ आफ्नै भवन समेत निर्माण गरिसकेको र सम्पुर्ण गतिविधिमा राम्रो गरेकै कारण प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष रावतलाई पनि सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा प्याब्सन बाँकेका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश सचिव राजेन्द्र आचार्य, बाँके प्याब्सन अध्यक्ष बिकास बज्राचार्य, कोषाध्यक्ष प्रवीन गिरी, सदस्य गौरव गिरी, गिता केसी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्