ज्ञानेन्द्र शाहलाई प्रचण्डले भने- सत्तामा आउन इच्छा भए चुनाव जितेर आउनुहोस, संविधानले छुट दिएको छ

शनिबार, फागुन २४, २०८१

रौतहट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्।

Honor x7 pad

आज बिहान रौतहटको गरूडाका उद्योगी तथा व्यापारीसँगको ‍भेटघाटमा अध्यक्ष प्रचण्डले राजतन्त्र पुनः स्थापना असम्भव रहेको बताउँदै पूर्वराजा शाहलाई बरू पार्टी खोलेर चुनाव लड्न सुझाएका हुन्।

‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ,’ उनले भने।

अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए।

यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए।

अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको  जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट पुगेका हुन्।

शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ ले जानकारी दिए। रासस।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्