कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

शुक्रबार, फागुन २३, २०८१
Honor 600 pro

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्। 

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

आज दिउँसो कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ। 

आजै प्रधानमन्त्रीले कर्णाली रंगशालाको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ। 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्