बाँकेको सीडीओमा धर्मराज जोशी

बिहीबार, फागुन २२, २०८१
Honor 600 pro

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको (सीडीओ) सरुवा गरेको छ। जसअन्तर्गत गृहले बाँकेमा  धर्मराज जोशीलाई सीडीओ बनाएर पठाएको छ।

त्यस्तै  रौतहटको सीडीओ विनोदकुमार खड्कालाई पठाइएको छ।

नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ भने खोटाङको सीडीओमा नरहरि घिमिरेलाई गृह मन्त्रालयले पठाइएको छ । त्यस्तै खोटाङमा नरहरि घिमिरे र ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ।

गृहले संखुवासभाको सीडीओमा दिव्यराज पोखरेललाई पठाइएको हो।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्