सत्तामा फर्किन मन भए चुनाव लडेर आउन पूर्व राजालाई चुनौती

आइतबार, फागुन ११, २०८१
Honor 600 pro

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएकी छिन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले चुनाव लडेर संसदमा आउन चुनौती दिएकी हुन् ।

‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्,’ उनले भनिन्। पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनले सुझाव दिइन् ।

यसअघि प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले आफूले गरेको त्यागको हिसाब माग्ने बेला भएको सन्देश दिएका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्