सल्यानस्थित श्रीनगर महोत्सवमा भीषण आगलागी हुँदा करोडौंको क्षति

आइतबार, माघ २७, २०८१
honor mob  winter sales

दाङ । सल्यानमा जारी महोत्सवमा भीषण आगलागि भएको छ। गए राति जिल्लाको श्रीनगरस्थित महोत्सवमा राखिएका व्यापारीक स्टलहरुमा भीषण आगलागी हुँदा ८० वटा  स्टल जलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

श्रीनगरमा माघ १८ गतेदेखि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा महोत्सव सुरु हुँदै आउँदा गए राति ११ बजे आगलागी भएको प्रहरीले जनाएको छ।

महोत्सव स्थलमा जम्मा १३८ वटा स्टल रहेकोमा ८० वटा स्टल जल्दा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ।

उक्त आगो स्थानीय र सुरक्षा फौजको सहयोगमा गए राति १ बजे नियन्त्रणमा ल्याइएको सल्यान प्रहरीले जानकारी दिएको छ भने आगो कसैले लगाएको हुन सक्ने आशंका रहेको भन्दै प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको गरेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्