रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

बिहीबार, माघ २४, २०८१
Honor 600 pro

चितवन । सहकारी ठगी प्रकरण रवि लामिछानेलाई अदालतले ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले चितवनस्थित सहारा सहकारी ठगी प्रकरणमा आज लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीका रिहा गर्न आदेश दिएको हो।

साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए ।

उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्माको  लगाएए न्यायीक हिरासतमा राख्न आदेश दिएको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्