गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

सोमबार, माघ २१, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विवाद "नो केवलकार" समूहले आज काठमाडौंमा प्रदर्शन गरेको छ।

Honor x5c

गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंको माइतीघर मण्डलामा 'नो केवलकार' समूहले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो।

पाथीभरामा केवलकार बनाउदै गर्दा गत माघ १२ गते त्यहाका स्थानीय र प्रहरीबीच झडप भएको थियो। उक्त झडपमा नो केवलकार समूहका दुई जनालाई गोली लागेको थियो।

उक्त घटनापछि नो केवलकार समूहले आन्दोलन चर्काउदै चरणवद्द आन्दोलन गर्दै आएको छ। सोही समूहले आज काठमाडौंमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा मागेको हो।

माइतीघरमा प्रदर्शन गर्दै नो केवलकार समूहले असक्षम गृहमन्त्री राजीनामा दे, सीडीओलाई कारबाही गर भन्ने नारा लगाएका थिए। उनीहरुले पक्राउ परेका आफ्ना समूहका नागरिकलाई रिहा गर्न  माग गर्दै 'मुक्कुम्लुङ'मा राज्य आतंक बन्द गर’ जस्ता नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्