६० दिनभित्रै विधेयकहरु टुंगो लगाउन सभामुखसँग प्रधानमन्त्रीको माग

शुक्रबार, माघ १८, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएका विधेयक ६० दिनभित्रै टुंगो लगाइनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै ओलीले एउटै कानून बनाउन आधा दशकसम्म लागेको भन्दै संसदले हतारो महसुस नगरे सरकारले सुशासन कायम गर्न नसक्ने बताए ।

Honor x5c

‘सरकारले आवश्यक परेकाले नै विधेयक ल्याउँछ, सदनले हतारो महसुस नगरे सरकारले कसरी सुशासन कायम गर्न सक्छ’, उनले भने ।

ओलीले अबदेखि विधेयकलाई ६० दिनभित्रै टुंगो लगाइदिन सभामुखलाई अनुरोध गरे।  ‘उनले तीन महिनाभित्र विधेयक पारित भएन भने त्यसले मुलुकलाई न्याय गर्दैन,’ उनले भने।

उनले छलफल, बहस र नमिलेको कुरा हटाएर विधेयकहरू चाँडै टुंगो लगाउनुपर्ने बताए ।

उनले अघिल्लो सरकारले वास्ता नगर्दा आज सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन निर्माण नहुँदा देश ‘ग्रे लिस्ट’मा पर्ने जोखिममा परेको बताए।

उनले अध्यादेशको प्रकियामा प्रश्न उठेको तर विधेयकमा प्रश्न नउठेको भन्दै टुंगो लगाउन माग गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्