Dashain Banner
Dashain Banner

नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने ८ जना पक्राउ

बुधबार, साउन १७, २०८०

दार्चुला । दार्चुलाबाट प्रहरीले नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमाआठ जनालाई पक्राउ गरेको छ ।

Dashai add

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका-३ बाँजका २७ वर्षीय नरेन्द्र सिह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, वर्ष ४४ का बिशन सिंह नगाल, वर्ष २७ को रमेश सिह महर, ३० वर्षीय देव सिह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका-३ का ५१ वर्षीय श्याम सिह धामी र कैलालीको गोदावरी नगरपालिका-३ कालिकाटोल बस्ने वर्ष ३४ का शंकर भूललाई पक्राउ गरिएको हो ।

जिल्लाको मालिकार्जुन गाउँपालिका-३ बस्ने श्याम सिंह धामीलगायतका ७ जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेय बताए । 

प्रतिवादी नरेन्द्र सिंह महरले म नेपाली सेनाको जागिरे वाला हु, म देवीदल गण अत्तरियामा कार्यरत छु, तिमिहरुलाई सेनामा भर्ना गरि दिन्छु भर्ना गरे बापत नगद रुपैयाँ दिनुपर्ने हुन्छ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ।

प्रहरी नायव उपरीक्षक पाण्डेयका अनुसार  पीडित ७ जनालाई  सिधै भर्ना गरेर तालिममा समावेश गराउँने आश्वासन देखाइएको थियो । पक्राउ परेकाहरुको खाता नम्बर र ई-सेवामा रकम आएको बताइएको छ । उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्