विपीन जोशीको रिहाईका लागि देउवाले गरे इजरायली राजदुतलाई आग्रह

बुधबार, माघ १६, २०८१
Honor 600 pro

काठमाडौं । प्यालेस्टाइनी बिद्रोही हमास समूहको नियन्त्रणमा  रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाईका लागि नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासलाई आग्रह गरिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत समुलिक एरी बासलाई हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विद्यार्थी विपिनको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिएको नेपाल स्टार्टअप र साना-मझौला व्यवसाय सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी इजरायली राजदूत बासलाई सभापति देउवाले विपीनको रिहाईमा सहयोग गर्न आग्रह गरेका हुन्।

‘इसराइलमा अहिले शान्ति प्रक्रिया सुरू भएको छ, हमासले कब्जामा राखेका विपिन जोशीलाई छुटाउने काममा पनि इजरायली राजदूतले मद्दत गर्नु हुनेछ भन्ने विश्वास लिएको छु, मलाई आशा छ- उहाँलाई छुटाउने काममा हामी सबै लाग्नेछौं,’ सभापति देउवाले भने।

 हमासले सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गर्दै  १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए। हमासले त्यतिबेला धेरैलाई अपहरण गर्दा विपीन पनि अपहरणमा परेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्