नेपालगन्जको प्रादेशिक महोत्सवमा पत्रकारमाथि भएको दुर्व्यवहार निन्दनीय छ: प्रेस युनियन बाँके

आइतबार, माघ १३, २०८१
Honor 600 pro

बाँके । बाँकेको नेपालगन्जमा जारी 'प्रादेशिक महोत्सव' मा दुई जना पत्रकारलाई आयोजक र सुरक्षाकर्मीबाटै भएको दुर्व्यवहारको घटनाप्रति नेपाल प्रेस युनियन बाँकेले गम्भीर आपत्ति प्रकट गरेको छ।

प्रेस युनियन बाँकेले माघ १२ गते शनिबारका दिन मञ्च परिसरमा सांगीतिक कार्यक्रमको फोटो खिच्ने क्रममा  नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य सलामत अलि शेष र प्रेस चौतारी बाँकेका सदस्य  टार्जन ओलीमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ। 

युनियन आज  एक विज्ञप्ति जारी गर्दै भनेको छ-" पत्रकार सलामत र टार्जनले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आयोजक स्वयं र सुरक्षाकर्मीबाट भएको दुर्व्यवहार घटना निन्दनीय छ।"

‘प्रादेशिक महोत्सव’ मा अब उपरान्त यस्ता घट्ना दोहरिन नदिन र पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराउँदछौं ।" युनियनको विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्