कांग्रेस-एमालेद्वारा प्रादेशिक महोत्सबको उद्घाटन समारोह बहिष्कार

बिहीबार, माघ १०, २०८१
honor २२ sept

नेपालगञ्ज । प्रमुख दुई दलले प्रादेशिक महोत्सबको उद्घाटन समारोह बहिष्कार गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले नेपालगञ्ज उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सब २०८१ को उद्घाटन समारोह बहिष्कार गरेका हुन् । 

X7D

अतिथिको रुपमा बोलाएर पनि कुनै वास्ता नगरेको, आसन ग्रहणमा पनि मर्यादालाई ख्याल नगरेर जिल्लाका राजनीतिक दललाई बेवास्ता गरेको भन्दै उद्घाटनस्थलमा लामो समय बसेर पनि आसन ग्रहण चलिरहँदा कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, एमाले केन्द्रिय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज शान्ति ढकाल र एमाले सचिव बलराम भट्टराई उठेर हिंडेका थिए । 

"हामीलाई बोलाएर अपमान गरियो, इज्जत र सम्मान दिइएन, प्रमुख दललाई नै तेजोबोध गरिएको छ, त्यसकारण हामी कार्यक्रम चलिरहँदा उठेर हिंड्यौं," कांग्रेस सभापति गौडेलले भने-"कार्यक्रममा बोलाएर अपमान भयो।" 

प्रादेशिक महोत्सबको आज पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । माघ २२ सम्म महोत्सब सञ्चालन हुनेछ । 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्