अटोमेटिक पेस्तोलसहित भारतीय युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

सोमबार, माघ ७, २०८१
honor mob  winter sales

काठमाडौं नेपाल-भारत सीमा नाकाबाट सशस्त्र प्रहरीले अटोमेटिक आधुनिक पेस्तोलसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बल नम्बर ११ गण रौतहटको टोलीले बिहारको पूर्वी चम्पारण मोतिहारीका २६ वर्षीय धनञ्जय कुमार झालाई गए राति अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ गरेको हो। सशस्त्र प्रहरीका अनुसार झाको साथबाट
पेस्तोलसहित एउटा  म्यागेजिन र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको हो।

सशस्त्र प्रहरीले ईशनाथ नगरपालिका-४ लतमरी  मठियाबाट खटिएको  सशस्त्र प्रहरीको टोलीले लतमरी सीमा नजिकै होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा दुई जना व्यक्तिहरू तत्कालै फरार भएको थिए भने झालाई पेस्तोलसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले बरामद गरेको पेस्तोल, गोली र झासहित उनले चलाएको बीआर ०५ बी डी १२२४ नम्बरको अपाचे मोटरसाइकललाई आवश्यक अनुसन्धान  लागि गए राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्