कांग्रेसले भन्यो- कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्नेलाई कारबाही होस्

आइतबार, माघ ६, २०८१
Honor 600 pro

काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणको घटनालाई लिएर गम्भीर भर्त्सना गरेको छ।  

मुख्य सचिव  कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी  आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गरेका हुन्  ।

थापामाथि केही व्यक्तिले हिजो झापामा आक्रमण गरेका थिए ।  नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कँदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको छ ।

'उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गर्दछ ।' 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्