राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्रीलाई

शुक्रबार, माघ ४, २०८१
Honor 600 pro

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।

समितिको आज बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो । 

बैठकमा समिति सभापति रामहरि खतिवडाले बैठकले गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न बोलाउने निर्णय गरेको बताए। उनले भने, ‘राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न गृह मन्त्रालयलाई बोलाएका छौँ ।’

बैठक आज मध्यान्ह साढे १२ बजे बस्ने जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्