वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री

बिहीबार, माघ ३, २०८१

काठमाडौं। जिल्ला अदालत काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

Honor x7 pad

अधिवक्ता त्रिपाठीमाथि घटना दुःखद भएको भन्दै गृहमन्त्री लेखकले घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने जानकारी दिएका हुन्।

आज सभापति देउवा निवासमा भएको बैठकबाट बाहिरिने क्रममा उनले सो कुरा बताएका हुन् ।

गृहमन्त्री लेखकले भने- ‘यो देशमा लोकतन्त्र छ । मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने र कानुन विपरीत काम गर्ने जो सुकैलाई कारबाही हुन्छ।'  हिजो यो गलत काम भएको छ र  यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुने गृहमन्त्री लेखकले बताए।

 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्