नेपालगन्जको खुद्रा व्यवसाय महिनाको पहिलो शनिबार बन्द

सोमबार, पुस २९, २०८१

नेपालगन्ज । नेपालगन्जका खुद्रा व्यवसायीले महिनामा एक दिन व्यवसायिक विश्राम लिने भएका छन् । 

Honor x5c

तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज बाँकेको आह्वानमा नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा आज बसेको सम्बन्धित सरोकारवालाहरूको भेलाले अबदेखि प्रत्येक  महिनाको पहिलो शनिबार सम्बन्धित व्यवसायिक प्रतिष्ठानहरू बन्द गरी महिनाको एक दिन बिश्राम लिने सर्बसम्मत निर्णय गरेको अध्यक्ष हिमनाथ पौडेलले बताए । 

जस अनुसार अब प्रत्येक महिनाको पहिलो शनिबार खुद्रा व्यवसाय अन्तर्गत तयारी कपडा, ब्याग र जुत्ता चप्पलसंग सम्बन्धित पसल बन्द हुनेछन् । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्