ठाकुरद्वारामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

आइतबार, पुस २८, २०८१
honor mob  winter sales

बर्दिया बर्दियाको बकुवामा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।

Honor x7 pad

 जिल्लास्थित ठाकुरबाबा नगरपालिका-७ की ५० वर्षीया पदमकला थापाको बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी बर्दियाले जानकारी दिएको छ।

प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका-६ स्थित बकुवा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला थापा बाघको आक्रमणमा परेको परेकी हुन् ।

बाघको आक्रमणमा परेको खबर पाए लगत्तै खोजतलासमा गएको प्रहरीले आज दिउँसो साढे १ बजे थापालाई जङ्गलभित्र बाघले मारेको अवस्थामा फेला पारेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह