रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा

आइतबार, पुस २८, २०८१
honor mob  winter sales

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री रवि लामिछानेलाई न्यायीक  हिरासतमा पठाउने आदेश दिएको छ।

Honor x7 pad

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविको जिल्ला अदालत काठमाडौंमा आज बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा प्रहरीलाई हिरासतमा लैजाने अदालतले आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकाकोरी इजलासले रविलाई लामिछानेका पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए । तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि  यस्तो आदेश दिएको हो ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो।जिल्लाको यो आदेशपछि पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आज न्यायिक हिरासतमा जाने भएका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्