रवि लामिछाने आज अदालत उपस्थित हुँदै

आइतबार, पुस २८, २०८१
Honor 600 pro

काठमाडौँ । कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका पूर्व गृहमन्त्री रवि लामिछाने आज अर्को सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेक रवि कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

त्यहाँबाट छुटे पनि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौँ जिल्ला अदालतमा हाजिर हुन सकेनन् ।  

कास्की जिल्ला प्रहरीको हिरासतबाट मुक्त भए पनि हिजो साँझ अबेर मात्रै काठमाडौँ आइपुगेकाले उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनी निकट श्रोतले बतायो।  कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा रवि प्रतिवादी बनाइएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । उनीमाथि यसअघि रुपन्देही, चितवन र पर्साको सहकारीमा पनि ठगी गरेको आरोपमा बयान भइसकेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्