अग्रज पत्रकार डिल्ली बिसीलाई पितृशोक

शुक्रबार, पुस २६, २०८१
Honor 600 pro

नेपालगन्ज । अग्रज पत्रकार डिल्ली बिसीलाई पितृशोक परेको छ। लुम्बिनी प्रदेशकै अग्रज पत्रकार बिसीका पिता पुरन सिंह विष्टको निधन भएको हो।

नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य, नेपालगन्जस्थित रेडियो हातेमालोका स्टेशन म्यानेजर, अग्रज बिसीका सल्यानस्थित बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ च्युरा निवासी पिता पुरन सिंह विष्टको ९० वर्षको उमेरमा बिहीबार निधन भएको पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जानकारी दिएका छन् ।

मिनेटखबर डटकम दुःखको यस घडीमा स्वर्गीय विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह